हिपमत डटकम

सोमबार, साउन ०९, २०७९ || 4549  पटक पढिएको

मोरङ । मोरङको बिराटनगर-१८ स्थितबाट अबैध सुपारी बोकेको ८ वटा भारतिय नम्वरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहिबार राती साँढे १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरुपमा सुपारी बोकेको ८ वटा भारतिय नम्वरको ट्रकहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका MP09HG8320, MP22H1031, UP50BT7277, UP62BT8121, UP54T6429, UP50AT3158, UP62CT0627 र UP45T1624 नम्वरको ट्रकबाट २ लाख १९ हजार ५ सय ९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो ।

अवैध सुपारी सहित पक्राउ परेका ८ वटा भारतिय नम्वरका ट्रकहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!