आइतबार, फाल्गुण १८, २०७६ || 1745  पटक पढिएको

कमेडि च्याम्पियनबाट देशभर चर्चा बटुल्न सफल दले दाइको उपनाम पाएका प्रदेश एकका इटहरी निवासी सुमन कोइरालालाइ आइतबार दिउसो इटहरी उपमहानगरले अभिनन्दन गरेको छ । उपमहानगरका मेयर द्वारीकलाल चौधरी , उपमेयर लक्ष्मी गौतम लगायत कर्मचारीहरूको उपस्थितिमा कोइरालालाइ अभिनन्दन गरिएको हो । उनलाइ मेयर द्वारीकलाल चौधरीले खादा र अविर लगाइ उपमहानगरमा स्वागत गरेका थीए । दलेदाइ भनेर चिनिएका कमेडियन कोइरालाले मेयर चौधरीकै अघाडी उनको क्यारिकेचर गर्दै लोपरिदिन्छु भनेपछि उपमेयर गौतम र उपस्थित कर्मचारीहरूको हासोको फोररा छुटेको थीयो । उनले मेयर र उपमेयरको सामु दलेदाइको क्यारिकेचर पनि गरेका थीए । m 2यसैबिच कमेडि च्याम्पियनको फिनालेमा पुग्न सफल कोइरालालाइ अत्याधिक मत दिएर जिताउन इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्षमी गौतम दुवैले संयुक्त रूपमा समस्य इटहरी वासी तथा देशवासीहरूमा अनुरोध गर्नुभएको छ । सुमन इटहरीको मात्र नभइ सिंगो देशको गहना भएकोले कमेडि च्याम्पियनमा अत्याधिक भोट दिएर जिताउन मेयर चौधरी र उपमेयर गौतमले संयुक्त रूपमा अनुरोध गर्नुभएको हो । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्यबिधा अन्तरगत पहिलो रियालिटी सो कमेडि च्याम्पियनको आगामि चैत्र एक गते काठमाण्डौमा ग्रान्ड फिनाले हुनेछ । जसमा रोल्पाका खडग बहादुर पुन , धादिङका हिमेस पन्त र प्रदेश एकको इटहरीबाट एक्लो प्रतिस्पर्धी सुमन कोइरालाबिच भोटको आधारमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!