हिपमत डटकम

शनिबार, साउन ०७, २०७९ || 15125  पटक पढिएको

रोटरी क्लब अफ दाङका नवनिर्वाचित अध्यक्ष ओपिन्द्र महराले एम्बुलेन्स सेवा उद्घाटन तथा सञ्चालन गरी पदभार ग्रहण गरेका छन् । वर्ष २०२२– ०२३ का लागि अध्यक्ष पदमा निर्वाचित महराले सामाजिक सेवाका लागि समर्पित संस्थाले सामाजिक सेवाका लागि नयाँ काम थालनी गरी जिम्मेवारी समालेका हुन् ।

रोटरी क्लब अफ दाङको ११ औँ कार्यकालका अध्यक्षमा निर्विरोध निर्वाचित महराले विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुँदै विपन्न वर्ग समुदायको सेवामा समर्पित रहँदै आइरहेका अध्यक्ष महराले समाज सेवाका लागि केही नयाँ काम थालनी गरी जिम्मेवारी समाल्ने सङ्कल्पका साथ एम्बुलेन्स सेवा सञ्चालन गरी जिम्मेवारी लिएको बताए । उनले भने–‘ एम्बुलेन्स सेवा सञ्चालन गरी जिम्मेवारी समाल्दा निकै आनन्दित भएको छु । जसको श्रेय रोटरी परिवारहरूलाई दिन चाहन्छु । ’

सामाजिक सेवा क्षेत्रमा रोटरीले विगत एक दशकदेखि निरन्तर गर्दै आइरहे पनि अब रोटरी बिरामी भई अस्पताल पुग्न नपाई कसैले मृत्युवरण गर्न नपरोस् भन्ने रोटरी परिवारको लक्ष्य रहेकाले त्यही लक्ष्यका साथ एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!