हिपमत डटकम

शनिबार, साउन ०७, २०७९ || 13238  पटक पढिएको

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताएका छन् ।

पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालका काम र योगदानको प्रेरणा लिएर आज यस ठाउँमा आइपुगेको भन्दै उनले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले नेपाली कांग्रेसका तर्फबाट प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई कांग्रेसले उचित सम्मान नदिएको गुनासो गरे । शहीद भिमदत्त पन्तलाई कांग्रेसले नै टाउको कटाएको उनको आरोप थियो ।

उनले भने, ‘मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भीमदत्तलाई शहीद मान्दैन ।’

उनले भिमदत्त र विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा कांग्रेसको आङ सिरिङ्ङ हुने भन्दै दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी पनि कांग्रेसले नलिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!