बिराटनगर । नागरिक संवाद केन्द्र बिराटनगरले कानून विषय अध्ययनरत विद्यार्थीहरुसँग नेपालको संविधानमा महिला अधिकार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार बिराटनगर स्थित नागरिक संवाद केन्द्रको सभा हलमा विद्यार्थीसँग कानूनी साक्षरता गर्दै केन्द्रले अन्तरक्रिया गरेको हो ।
ब्राईट भिजन ल कलेज विराटनगरका बिए एल एल बी बिभिन्न बर्षमा अध्ययनरत विद्यार्थीहरुसँग सो अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा उच्च सरकारी वकील कार्यलय बिराटनगरका उपन्यायधिवक्ता पदम प्रसाद वस्तीले नेपालको संबिधान रहेका महिला अधिकार सम्बन्धी विषयमा प्रकाश पारेका थिए ।
नागरीक संवाद केन्द्र बिराटनगरका प्रमुख अधिवक्ता मधु सुधन चौधरीको अध्यक्षतामा भएको सो अन्तरक्रियामा कानूनी संकायका २० जना विद्यार्थी सहित अधिवक्ता संजु कुमारी साह, कविता सुवेदी, अनिल खड्का लगायतका सहभागि थिए ।