बिराटनगर । मोरङको पथरीशनिश्चरे-९ सगरमाथा चोक स्थितमा पैनीको पानीमा डुबी बालिकाको मृत्यु भएको छ ।
आज बिहान ९ बजे तेह्रथुम छथर गाउँपालिका-३ घर भई हाल पथरीशनिश्चरे-९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बु आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबी मृत्यु भएको हो ।
घटना स्थलमा ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि मंगलबारे अस्पताल पठाएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।