कांग्रेसको निर्णय स्वागतयोग्य: दाहाल

भट्टराईपनि गठबन्धनमै रहने

हिपमत डटकम

मंगलबार, साउन ०३, २०७९ || 13603  पटक पढिएको

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबिच आज सिंहदरबारमा भेटवार्ता भएको छ । माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्र निर्माणका विषयमा छलफल भएको नेताहरुले बताएका छन । भेटपछि अध्यक्ष दाहालले गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको बताए ।

अध्यक्ष दाहालले गठबन्धनको सम्बन्धमा बिहीवारसम्ममा टुंगोमा पुग्नुपर्नेमा पनि जोड दिए । अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली काँग्रेस केन्द्रिय समितिको निर्णय सही भएको बताउनु भयो ।

उनले आफूहरु गठबन्धन लिएर लाने पनि स्पष्ट पारे ।
अध्यक्ष दाहालले डा. बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टी, नेपालले कारबाही गरेपनि उनी सत्तारुढ गठबन्धनमै रहेको स्पष्ट पारे । भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिवद्धता समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!