हिपमत डटकम

सोमबार, साउन ०२, २०७९ || 11154  पटक पढिएको

काठमाडौं, २ साउन। काठमाडौं महानगरपालिका-४ धुम्बाराही प्रगती टोल बस्ने प्रदिप धमलाको घरबाट कोही नभएको अवस्थामा ढोका फोडी नगद २ लाख रूपैयाँ, सुन चाँदीका विभिन्न गरगहना समेत गरी करिब ५ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-४ धुम्बाराही डेरा गरी बस्ने ७४ वर्षीय हरिराज शर्माको कोठामा कोही नभएको अवस्थामा ताल्चा फुटाई नगद ३० हजार रूपैयाँ तथा सुनचाँदीको विभिन्न गरगहना समेत गरी करिब ७ लाख ९४ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

धनुषा, हंसपुर नगरपालिका-९ हंसपुरस्थित सुरेन्द्र साहको साना किसान कृषि सहकारी संस्था लिमिटेडबाट नगद ३ लाख रूपैयाँ शनिबार चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!