माेरङ। माेरङ र झापाकाे सिमानामा रहेको रतुवा खाेलामा अहिले दुईवटा ढुङ्गा ( नाउ) सन्चालनमा आएको छ ।बिगत दश बर्षदेखि पुलकाे निर्माण कार्य सम्पन्न भएता पनि बर्षाेनी उक्त खाेलामा आउने बाढीका कारण प्रत्येक बर्ष साे भेगका सर्वसाधारणहरु समस्या झेल्न बाध्य छन्।
रतुवा खाेलमा सामान्य पानी आउदा समेत खाेलामा कहिले नाँउकाे माध्यमबाट त कहिले भाटाकाे पुलबाट स्थानीयहरू आवतजावत गर्नु पर्ने बाध्यता छ। झापाको गौरीगञ्ज गाउँपालिका र मोरङ काे रतुवामाई नगरपालिकाकाे बिचमा रहेको रतुवाखाेलामामा अहिले एउटा खाेला दुई भाग बनेर पानी बगिरहेकाे छ ।
पुर्वमा ३ सय मिटर मात्रै पानीकाे भाग रहेको पश्चिममा समेत ३ सय मिटरमा खाेला बागिरहेकाे छ । खाेलाकाे बिच भागमा बलाैटे मात्रै देखिन्छ । साे खाेलामा अहिले दुईवटा नाउँमा आवतजावत गर्ने स्थानीयले फरक फरक रकम तिरेर वारपार गर्ने गरेको हिपमत मिडियालाई बताए।
माेरङले माेटरसाईकलकाे ५० रुपैयाँ सम्म लिने गरेको स्थानीय हेमा ताजपुरियाले हिपमत डटकमलाई बताइन। उनी गाैरिगञ्ज नगरपालिकाकाे स्वास्थ्य शाखामा कार्यरत छिन्। उनी बर्षाे देखि साे खाेलाबाट आवतजावत गरेर जागिरमा जाने गरेको बताइन ।
ताजपुरियाले भनिन् याे खाेलाको कारणले कहिले सम्म हामीले दुख पाउछम थाहा छैन ?यो समस्याको सामाधान कसले र कहिले गर्ने यस बिषयमा हामि अनविज्ञ छौ। माेरङबाट गाैरिगञ्ज जानका लागि याे खाेला बाट ३ किलोमिटरमा पुगिने भएता पनि भारतबाट ३० किलोमिटरकाे यात्रा पूरा गरेर जानुपर्ने र बर्षाकाे समयमा भारत हुदै जानका लागि १ घण्टा सम्म लाग्ने ताजपुरियाले हिपमतसंग बताईन्।
हुलाकी राजमार्गकाे लागि आवतजावतमा सहज हाेस भनेर निर्माण भएको यो पुल अहिलेसम्म बेकामे बनेको छ । २०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास गरी निर्माण शुरु गरिएको पुल निर्धारित समयभन्दा झण्डै ५ वर्षपछि २०७२ साल जेठमा सम्पन्न भएको थियो । उक्त पुल १० करोड ४१ लाख ९४ हजार ९ सय २८ रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
पुलमा ९ वटा पिल्लर रहेको पुल २ सय ५ मिटर लम्बाइ समेत रहेको छ । पुल अहिले प्रयोगविहीन हुदा स्थानीय बाँसको पुल र ढुङ्गाबाट हिडन बाध्य रहेकाछ न् । करोडौ रुपैैँया लगानी गरेर निर्माण गरिएको पुल सम्पन्न भएको पनि बर्षाे बितिसक्दा समेत साे पुल राम्रोसँग सन्चालनमा आउन सकेको छैन । उक्त पक्कि पुल प्रयोगमा आउन नसकेपछि यहाँका स्थानीय भारतबाट खरिद गरेर नाउ सन्चालनामा ल्याएका छन् । पक्की पुल खोलाका बीचमा भएकाले प्रयोग गर्न नमिलेपछि स्थानी बासिन्दाहरूले आफ्नै पहलमा कहिले पक्की पुल मुनि बाँसकाे भाटाकाे माध्यम त कहिले नाउँकाे सहारामा स्थानीयहरू आवत जावत गर्ने गरेका छन्।
नेपाल सरकारले सिमाबर्ति क्षेत्रमा रहेकाे सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि अहिले त्याे भने अधुरै रहेको पाईन्छ । २०६५ सालमा भाैतिक तथा निर्माण मन्त्री रहदा बिजय कुमार गच्छदारले शिलान्यास गरेकाे साे पुल हाल सम्म पनि निर्माण सम्पन हुन सकेको छैन । २ सय मिटर लम्बाई गाैरी पार्वतीले २०७३ सालमा निर्माण सम्पन गरेता पनि खाेलकाे चाैडाई बढी भएको हुनाले उक्त पुलकाे पुर्व पट्टी बाट पुनः एक सय देखि एक सय ५० मिटर काे लम्बाई थप्नु पर्ने भएको हुनाले निर्माण नसकिएको स्थानीयले हिपमत मिडियालाई बताए ।
२ सय मिटर लम्बाई काेे पुल निर्माण भई सकेता पनि पुलकाे उचाइ १० फिट अलगाेे रहेेको हुुुुनाले पुर्व र पश्चिम तर्फ सडक समेत नभएको कारण समस्या परेको स्थानीय बताउछन् । बिराटनगर देखि भद्रपुर सम्म आवत जावत गर्नेका लागि सर्वसाधारणलेे बिराटनगर ,ईटहरी, दमक र बिर्तामोड जाने झन्झटबाट मुक्ति पाउने र हुलाकी राजमार्गकाे बाटो आवत जावत गर्ने छाेटाे र सहज हुने स्थानीयहरु बताउँछन् ।