महेन्द्र मोरङ्ग क्याम्पसमा विगत लामो समय देखि भवन निर्माण कार्य अवरुद्ध गर्ने प्राध्यापक संघ र केही विद्यार्थी संगठनका विरुद्ध तिन राजनीतिक दलका विधार्थी संगठनहरूले आन्दोलन गरेका छन्।

महेन्द्र मोरङ क्याम्पसको गेट अगाडीमा कोण सभालाई सम्बोधन गर्दै ति तीन विद्यार्थी संगठनका नेताहरुले प्राध्यापक संघ र केही विद्यार्थी संगठनका नेताहरुले कमिसन नपाएका कारण नया भवन बन्न नसकेको आरोप लगाएका छन्।

आज महेन्द्र मोरङ क्याम्पसमा नेकपा (एस) निकट अनेरास्ववियू, काङ्ग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुले संयुक्त रुपमा आयोजना गरेको सो कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले ठेक्का लागेको १ वर्ष हुन लाग्दा समेत भवन निर्माणको काम अगाडी बड्न नसक्नुको कारण प्राध्यापक संघ र केही विद्यार्थी संगठन भएको बताएका हुन्।

तीन करोड लगानीमा बन्ने भवन ठेक्का लागिसकेर ठेकेदारले ३४ लाख समेत लगिसके पनि निर्माण कार्य अघि बड्न नसकेको छैन्। उनले भने, ‘ राष्ट्रपति कार्यलयले प्रत्येक वर्ष ५ करोडका दरले ५ वर्षसम्म २५ करोड रकम दिने भनेको तर उक्त रकमबाट बन्ने भवन बनाउन प्राध्यापक संघले दिएको छैन्। त्यसमा केही विद्यार्थी संगठनले समेत समर्थन गरेको थियो।

नेविसंघका नेता जसवन्त पौडेलले पनि विद्यार्थीलाई कक्षाकोठाको अभाव भैरहेको नजरअन्दाज गर्दै प्राध्यापक संघले अफ्नो निजि स्वार्थको लागि भवन बनाउन नदिएको बताए। उनले भने, ‘ प्राध्यापक संघका सभापति विमल कुमार कंठ आफै थेसिस चोर हुन्, टियुले कारबाही समेत गरिसकेको उनलाई महेन्द्र मोरङको भवन बनाउन रोक्ने कुनै अधिकार छैन्।’ यस्तै अनेरास्ववियुका नेता जोसेफ घिमिरेले प्राध्यापक संघले पैसा नपाएका कारण भवन बनाउन नदिएको बताए। उनले केही प्राध्यापकहरुले कमिसन मागेको र उक्त कमिसन नदिएकाले भवन निर्माण कार्य रोकेको बताए । उनले भने, ‘ हामिहरु अब जसरी पनि भवन निर्माण कार्य अगाडि बडाउने भनेर लागेका छौँ। त्यसका सबै विद्यार्थी साथिहरुले साथ र सहयोग गर्नुपर्छ।’

यता नेकपा ९एस० निकट अनेरास्ववियू महेन्द्र मोरङ क्याम्पस संयोजक कृष्ण आले मगरले बोल्दै भने हामी बिद्यार्थी हक हितको लागि जहिने काम गर्दै आएका छौं । यदी अब केही दिनमा भवन निर्माण कार्य शुरु गरेन भने हामी
शुरुवात गराउछौं । यदी कसैले रोक्न आयो भन्ने हामी सबै बिद्यार्थी मिली प्रतिकार गछौं ।

महेन्द्र मोरङ क्याम्पस प्रमुखको कार्यकक्षमा प्राध्यापक संघले एक वर्षदेखि तालाबन्दी गरेको थियो। उक्त तालाबन्दीले गर्दा ठेका लागिसकेको भवन निर्माण रोकिएको भन्दै केहिदिन अगाडि विद्यार्थी संगठनले फोडिदिएका थिए। तर पुनः प्राध्यापक संघले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्यो र त्यसमा अखिल क्रान्तिकारी सहितका केही संगठनले समेत ऐक्यबद्धता जनाउँदै तालाबन्दी गरेको छ। सोही विषयलाई लिएर केही दिनदेखि महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी संगठनहरु र प्राध्यापक संघका विचमा द्वन्द भैरहेको छ।

त्यसैगरी कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रमोद कामतले यस आन्दोलनमा हाम्रो साथ रहने बताए ।

महेन्द्र मोरङ क्याम्पसमा अध्यनरत केही स्वतन्त्र बिद्यार्थीहरुले भवन बन्नु पक्षमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!