नेपाल विद्यार्थी संघले आईतबार सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । देशमा भ्रष्टाचार बढ्नुमा सरकार दोशी रहेको आरोप लगाउदै नेविसंघले सडक आन्दोलन गरेको हो । संघका स्थानीय महेन्द्र मोरङ क्याम्पस ईकाई तथा जिल्लाका नेता तथा कार्यकर्ता सडकमा उत्रिएका थिए । जिल्ला अध्यक्षदेवचन्द्र घिमिरेका अनुसार अनियामीता, करबृद्धि , ईन्धनको मुल्य बृद्धि तथा स्ववियु निर्वाचन समयमै नगराएको आरोप लगाउदै सरकारको विरोध गरिएको हो । संघको केन्द्रीय कार्यक्रम हो । टियुका आङगीक क्याम्पसहरुमा आईतबार देशभरी प्रदर्शन गर्ने कार्यक्रम थियो ।