काठमाडौं, ३१ असार। बैंकिङ कसूर मद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ डिल्लीबजार बस्ने चितवन भरतपुर महानगरपालिका-५ घर भएकी ४२ वर्षीया बन्दना उप्रेतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ असार ५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० दिन कैद र १ करोड ५९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ चण्डोलबाट पक्राउ गरेको हो । उप्रेतीले प्राइम कमर्सियल वैंक लिमिटेड बागबजार शाखामा उनकै नाममा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी रकम भुक्तान हुने भनी २०७५ फागुन ५ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।