हिपमत डटकम

शुक्रबार, आषाढ ३१, २०७९ || 5711  पटक पढिएको

कटहरी । मोरङको कटहरी गाउँपालिकाले बनाएको सडक एकजना स्थानियले डोजर लगाएर भत्काइदिएका छन् ।

कटहरी– २ आदर्श टोलको रिङरोड जोडने सडक बिहीबार दिपक राठीले डोजर लगाएर भत्काइदिएका हुन् । कटहरीको आर्दश टोलबाट कुकुरपुल अगाडीको करिब २ सय मिटर सडक राठीले डोजर लगाएर भत्किाइ दिएपछि आवगमन ठप्प भएको छ ।

सो सडक आर्दश टोलहुदै कटहरी गाउँपालिका २ नं. वडा कार्यालय अगाडीको रिङरोडमा जोडिन्छ । करिब दुई वर्ष अगाडी उक्त सडकको ट्रयाक खोलिएको थियो । यो सडक छेउमा स्थानिय गौतमदास प्रधानको ६० प्रतिशत र दिपक राठीको ४० प्रतिशत जग्गाको बिचबाट सडक निकालिएको थियो ।

आर्थिक वर्ष २०७७-०७८ मा गाउँपालिको ५ लाख लागतमा सो ग्राभेल सडकको निर्माण गरिएको थियो । जग्गाधनी राठीले एकलौटि तरिकाले मनलाग्दी रूपमा सडक अपायक भएको भन्दै गाउँपालिकाले बनाएको सडक भत्काएका हुन् ।

सडक भत्काएपछि गाउँपालिकाले स्काइभेटर नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङलाई बुझाएको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले जानकारी दिनुभयो । सडक भत्काउने बिरुद्ध प्रहरीमा उजुरी दिएर थप कारवाहीको प्रक्रिया अघि बढाईने अध्यक्ष चौधरीले बताउनुभयो ।

सडक भत्काइएपछि आर्दश टोल र वडा कार्यालय जोडने बाटो ठप्प भएको छ । अहिले आर्दश टोलका बासिन्दा कुनै सेवा लिन वडा कार्यालय जानुपरे हाटखोला– रंगेली सडक भएर घुमेर जानुपर्ने बाध्यता भएको स्थानियले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!