इशिका नेपाल

शुक्रबार, आषाढ ३१, २०७९ || 5551  पटक पढिएको

काठमाडौं । चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल गायनमा समावेश ‘मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा अर्जुन थापाको शब्द र संगीत रहेको छ। गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ। भिडियोमा गीतकार एवं संगीतकार अजुर्न थापा र निरु थापाको अभिनय रहेको छ । हाल अमेरिकामा बसोबास गर्दै आएका गीतकार, संगीतकार एवं कलाकार अर्जुन थापा नेपाली गीत संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय छन्।

बुद्ध थापा छायाँकन गरेको यस भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन्। सुरेश थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। माया प्रेमसँग सम्बन्धित म्यूजिक भिडियो यस भिडियोलाई ‘कलापुञ्ज’ युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!