हिपमत डटकम

बिहिबार, आषाढ ३०, २०७९ || 4693  पटक पढिएको

काठमाडौं | राई इज किङको नामले समेत लोकप्रिय गायक राजेश पायल राईले लिजेण्ड्री गायक ,संगीतकार ,रचनाकार तथा कलाकार मुरलिधरको कालजयी गीत ’तिमिलाई रोजे ’ आफ्नो स्वरमा रि-रेकर्ड गरी म्युजिक भिडियो सहित सार्वजनिक गर्नेछ्न | रेडियो नेपालमा मुरलिधरको आवाजमा समेत लोकप्रिय उक्त गीत पछी गायक पायलले ‘बैगुनी रैछौ मायालु ’ अल्बममा आफ्नो स्वरमा रेकर्ड गरी सार्वजनिक गरेका थिए | पहिलो नेपाल आईडलमा अतिथिको रुपमा आउँदा उनले उक्त गीत प्रस्तुत गर्दा तानेको लामो आलपले त्यसबेला निक्कै चर्चा पाएको थियो र युट्युब ट्रेन्डीङ्मा परेको थियो |

बुधवार गुरुपुर्णिमाको अवसरमा पारी आज लिजेण्ड्री मुरलिधर र गायक राजेश पायल राई बिच उक्त गीतलाई पुन नयाँ साज सज्जाका साथ पुन-रेकर्ड गरी चांडै रिलिज गरिने आपसी समझदारी भएको छ | साथै राजेशपायलले मुरलिधरसँग नयाँ गीत संगीतको लागि समेत सहकार्य् गर्ने भएका छन् |

राजेश नेपाली संगीतको एक दरिलो खम्बा हो उनी सँग मेरो सदैब सहकार्य् रहिरहने र हामी दुईको हरेक सांगितीक सहकार्य नेपाली संगीतका श्रोताहरुको लागि एउटा बिशेष उपहार हुने गायक तथा संगीतकार मुरलिधरले बताए | त्यस्तै प्रशन्न मुद्रामा गायक राजेशपायल राई भन्छन – ‘तिमीलाई रोजे गीत मलाई पनि असाध्यै मन पर्ने गीतहरु मध्ये एक हो र यस्को नयाँ भर्शनको लागि मुरलिधर दा सँगको पुन सहकार्य भएको छ र मेरा सम्पूर्ण श्रोता तथा दर्शकहरुले यस्लाई पहिला भन्दा अझ मनपराउनु हुनेछ भन्ने मेरो विश्वाश छ र त्यो विश्वाश कायम राख्न् म कतिबद्ध रहनेछु |”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!