हिपमत डटकम

बिहिबार, आषाढ ३०, २०७९ || 3241  पटक पढिएको

बिराटनगर, २०७९ असार ३० गते । सुनसरीको र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

बुधवार बेलुका साँढे ७ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका-३ भरौलीमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको सुमोले सोही दिशा तर्फ जाँदै गरेका साईकल यात्री बराहक्षेत्र नगरपालिका-५ का ६० बर्षीय दुखिलाल धामीलाई ठक्कर दिंदा धामी घाईते भएका थिए । घाईतेलाई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी उदयपुरको कटारीबाट मैयाखु तर्फ जाँदै गरेको प्रदेश २-०१-००१ च ०२४३ नम्बरको बोलेरो कटारी नगरपालिका-४ मा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त बोलेरोमा सवार ९ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा कटारी नगरपालिका-१३ का १८ बर्षीय बिष्णु राउतको मृत्यु भएको तथा अन्य घाईतेहरुको सोही अस्पताल उपचार भईरहेको छ ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!