विराटनगर । विराटनगरका नेपाली कांग्रेसका नेता राजेश गुप्ताले आर्थिक संकट झेलीरहेको श्रीलंकालाई सहयोग अभियान सुरु गरेका छन् ।

नेपाली कांग्रेस प्रदेश १ का कोषाध्यक्ष रहेका गुप्ताले संकटबाट गुज्रीरहेको श्रीलंकाका लागि आर्थिक सहयोग अभियान सुरु गरेका हुन् ।पछिल्लो समय श्रीलंका आर्थिकसँगै राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै सहयोगको अभियान थालिएको गुप्ताले बताए ।

उनले श्रीलंकाका जनतालाई मानवीयताका नाताले नेपाल सरकारलेनै सहयोग अभियान थाल्नुपर्ने बताए । ‘म नेपाल सरकारलाई तत्कालै एउटा राष्ट्रिय बैंक अकाउन्ट खोल्न आग्रह गर्दछु, जसमा नेपाल सरकारसँगै नेपाली जनताले पनि सहयोग गर्न सकून् ।’ उनले भने,‘म व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ सहयोग गर्नेछु ।’

अहिले आर्थिक संकट भोगिरहेको भएपनि भविष्यमा फेरि सुखी र समृद्ध श्रीलंका बन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!