नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ ।
शुक्रबार तोलामा ७९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १२ सय रुपैयाँ घटेर तोलामा ७८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा ८६० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा ८८० रुपैयाँमा कारोबार भएको थियो ।