हिपमत डटकम

सोमबार, आषाढ २७, २०७९ || 11036  पटक पढिएको

कामाख्या मन्दिर जनकपुरधामकाे शाखा मन्दिरकाे रुपमा वाग्मती नगरपालिका-५ टिकानीमा अर्को कामाख्या मन्दिरकाे शुभारम्भ भएकाे छ ।

अषाढ २६ गते हरिशयनी एकादशीकाे शुभसाईतमा वैदिक विधि अनुसार विशेष अनुष्ठानका साथ माता कालीकाे प्रतिमा स्थापना गरि मन्दिरकाे शुभारम्भ गरिएको हो ।

कामाख्या परिवार नेपाल केन्द्रीय कार्यालय जनकपुरधामका अध्यक्ष अध्यात्मिक गुरु बाबा विभाष लाभकाे विशेष उपस्थितिमा पंडित महेश झाद्वारा प्रतिमाकाे प्राण प्रतिष्ठा, पुजा अर्चना, हवन अादि यज्ञ सम्पन्न गरिएको थियो ।

अध्यात्मिक चेतनामा लागेका स्थानीय कृष्ण पुलामी परिवार द्वारा मन्दिर निर्माण तथा प्रतिमा स्थापना गरिएकाे हाे ।

मन्दिरकाे उद्घाटन नेकपा एमाले मधेस प्रदेशका उपाध्यक्ष रेवती पंथ तथा बारा जिल्लाका जिल्ला समन्वय समिति उपाध्यक्ष चण्डिका उप्रेतीले संयुक्तरूपमा गर्नुभएको थियो ।

साे अवसरमा प्रहरी कार्यालय बरहथवाका डिएसपी उमाशंकर यादव, जिल्ला महिला संघ सर्लाहीका अध्यक्ष विभा नेपाल, कामाख्या परिवार नेपाल केन्द्रीय कार्यालय जनकपुरधामका पदाधिकारी सदस्य, शाखा कार्यालय सर्लाहीका अध्यक्ष राकेश चाैधरी, काेषाध्यक्ष नवीन दास, सल्लाहकारद्वय पशुपति कार्की तथा जवाहर कुसवाहा लगायत दर्जनौं स्थानीय भक्तजनको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!