हिपमत डटकम

सोमबार, आषाढ २७, २०७९ || 2946  पटक पढिएको

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद् ऐन र ल्याउन खोजिएको नागरिकता विधेयकमा पाँच दलीय गठबन्धनभित्र छलफल गर्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा दुबै विषयमा दलीय सहमतिको आवश्यकता औंल्याएका हुन् ।

विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्ने प्रावधानको विरोध गर्नेले पुनः सोही प्रावधान राखेर संवैधानिक परिषद् विधेयक ल्याउनु दोहोरो चरित्र भएको भन्दै उनले पाँच दलीय गठबन्धनमा छलफलको माग गरेका हुन् ।

विगतमा विरोध गरेकै प्रावधान राखेर संबैधानिक परिषद ऐन ल्याउनु नैतिक र उपयुक्त नहुने उनको भनाइ छ । यसलाई उनले दोहोरो मापदण्डको संज्ञा दिएका छन् ।

बाबु ,आमा दुवै नेपाली नागरिक भएका सन्तानले समेत नागरिकता नपाई राज्यविहीन भएर भोग्नु परेको पीडाको तत्काल अन्त्य गर्न उनीहरूलाई नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था गरिहाल्नु पर्ने उनको माग छ ।

राज्य व्यवस्था समितिले पारित गरेको अरु प्रावधानलाई लत्याएर उल्टो त्यहाँ अल्पमतमा परेको प्रावधान लागु गर्ने गरी कानुनी व्यवस्था गर्नु स्वीकार्य नहुने पनि उनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!