हिपमत डटकम

सोमबार, आषाढ २७, २०७९ || 4476  पटक पढिएको

काठमाडौं। सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको प्रहरी महानिरीक्षक बढुवाविरुद्धको मुद्दाको पेसी शुक्रबारलाई सारिएको छ ।

हिजो सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजलाई पेसी राखिएको थियो ।

तर सरकारी कानून व्यवसायी र प्रत्यासी हाजिर नभएपछि पेसी सारिएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको छ ।

यसअघि नै सर्वोच्चले २३ असारसम्म बहस नोट बुझाउन समय तोकेको थियो । केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाई चलिरहेको छ ।

आफूलाई प्रहरी महानिरिक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले उनलाई छोडेर धिरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!