हिपमत डटकम

सोमबार, आषाढ २७, २०७९ || 4832  पटक पढिएको

बिराटनगर , २०७९ असार २७ गते । मोरङको बिराटनगर महानगरपालिका-१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आईतवार राती १० बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश १ -०२-०४९ प ६२५८ नम्बरको मोटरसाईकलले बिपरित दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार बिराटनगर-१५ का ४५ बर्षीय भोला श्रेष्ठ र १२ बर्षीय सुसान्त श्रेष्ठ घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागी न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा भोला श्रेष्ठको राती नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!