आइतबार, फाल्गुण १८, २०७६ || 1498  पटक पढिएको

तपाई शारिरीक रुपमा कत्तिको सवल हुनुहुन्छ, तपाईको शरीर कत्तिको बलियो छ वा तपाईको बलले कत्तिको भार उठाउन सक्छ ।

यस्तै मापदण्ड अनुरुप मोरङमा सर्वाधिक बलियो मानिसको खोजी कार्य शुरु भएको छ । स्वास्थ्य जीवन रहन मात्र होइन आफ्नो ब्याक्तित्वको विकास गर्न सघाउ पुगोस भन्ने उद्धेश्यले मोरङमा बलियो मानिसको खोजी शुरु गरिएको हो ।

यो एक प्रतिष्पर्धा र प्रतियोगिताको स्वरुपमा अभियान शुरु गरिएको आयोजकले जनाएका छन् । मोरङ बडिबिल्ङ एण्ड फिटनेश एशोसिएसनले शुरु गरेको यो अभियानमा बिभिन्न उमेर समूहमा रहेका युवा युवतीको सक्रिय र उत्साहजनक सहभागिता रहेको छ ।

एशोसिएसनका मोरङ अध्यक्ष अमलेश कर्णका अनुसार फागुन २४ गते विराटनगर शिवशक्ति जीम क्लबमा आयोजना हुने बिशेष कार्यक्रममा मोरङको सर्वाधिक बलियो मानिसको घोषणा हुने छ । सो कार्यक्रमका लागि क्षेत्र स्तरबाट बिभिन्न खेलाडीको छनौट कार्य शुरु गरिएको छ ।

पहिलो चरणमा शिवशक्ति जीम, नेपाल युथ क्लब मिल्स एरिया र सजिलो जीम कञ्चनबारीबाट खेलाडीहरु छनौट गरिएका छन् । सजिलो जीमका सञ्चालक तथा प्रशिक्षक सञ्जय शाहका अनुसार शनिवार सम्पन्न प्रतिष्पर्धाबाट प्रकाश शाह सर्वाधिक बलियो मानिसको उपाधि जितेका छन् ।

उनीसँगै बिभिन्न तौलमा विजेताहरुले फागुन २४ गते हुने जिल्ला स्तरको प्रतिष्पर्धामा सहभागिता जनाउने छन् । शनिबार आयोजित एक कार्यक्रममा शाहले १०५ र ८० केजी उठाएर आफुलाई बलियो सावित गरेका छन् । त्यसैगरि आशिषले ७० केजी, दिपेश रोयले ६० केजी र पिंक पण्डितले ५० केजी उठाएर तौल समूहबाट बिजेता बनेका छन् ।

बिजेताहरुलाई सूर्या लाईफ इन्स्योरेन्सका तर्फबाट अमित कर्णले पाँच लाखको बिमा उपहार प्रदान गरेका थिए । खुल्ला खेल मैदानको अभावसँगै पछिल्लो समय स्वास्थ्य क्षेत्रमा आएको चेतनाका कारण फिटनेश क्लबहरुमा मानिसहरुको आर्कषण बढ्दै गएको छ ।

एशोसिएसनका अनुसार पावर लिफ्टिङका आधारमा छनौट हुने ‘स्टो«ङ म्यान’ प्रतिष्पर्धामा मोरङ जिल्लाका बिभिन्न स्थानबाट करिब दुईसय हाराहारीमा खेलाडीहरुले सहभागिता जनाउने छन् ।

मोरङमा सयौको संख्या जीम क्लब, फिटनेश क्लबहरु सञ्चालनमा रहेका छन् भने विराटनगरमा मात्र करिब २५ वटा त्यस्ता क्लबहरु सञ्चालनमा रहेका छन् ।

यस्ता क्लब सञ्चालन गर्दा करिब २५ लाखदेखि ५ करोडसम्म लगानी लाग्ने गरेको एशोसिएसनका मोरङ अध्यक्ष अमलेश कर्णको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!