हिपमत डटकम

शनिबार, आषाढ २५, २०७९ || 1157  पटक पढिएको

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले र्यापर यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका छन् । यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएकोमा चौतर्फी विरोध भइरहेको हुँदा शाहले आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेका हुन् ।

यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारी पैसामा शाहले आफू निकटको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो । अब यमबुद्धको सालिक बनाउन तीन वर्ष धेरै लाग्ने भएको छ । शाहले सालिक बनाउन तीन वर्षसम्म आफ्नो तलव दिनु पर्नै अवस्था छ ।

स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा प्रदेश सरकारहरूले तोक्ने गरेका छन् । नेपालको संविधानमै स्थानीय तहका पदाधिकारीको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुनअनुसार हुनेछ भनी व्यवस्था गरिएको छ । त्यसैले प्रत्येक प्रदेश सरकारले छुट्टाछुट्टै कानुन बनाएर स्थानीय तहका पदाधिकारीको सेवा सुविधा तोकेका छन् ।

बागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिका तथा उपमहानगरपालिका मेयरको मासिक तलब ४२ हजार तथा ४० हजार रूपैयाँ तोकेको छ । यसरी चार वर्षको कार्यकालमा मेयर शाहले २० लाख १६ हजार तलव पाउनेछन् । महानगरले यमबुद्धको सालिक बनाउन १५ लाख खर्च गर्ने बताएको थियो । बालेनको तीन वर्षको तलबबाट यमबुद्धको सालिक बन्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!