सडक नियम मिच्ने ट्रिपर चालकसँग ट्राफिकका हाकिमले आँखै अगाडी लिए १ हजार घुस

हिपमत खबर मङ्सिर १६

काठमाडौ। घुस लिएको आरोपमा एकजना ट्राफिक प्रहरी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले धनुषामा ट्राफिक प्रहरी सहायक निरीक्षकलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले ट्राफिक प्रहरी सहायक निरीक्षक नविनकुमार झालाई महेन्द्रनगरबाट पक्राउ गरेको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ।

ट्राफिक नियम विपरित ट्रिपर चलाएका चालकसँग १ हजार रुपैंया घुस लिएपछि ट्राफिक प्रहरी सहायक निरीक्षक झा पक्राउ परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरि कारबाहीको प्रकृया अघि बढेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!