बिराटनगर । मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब चौथो वर्ष पार गर्दै पाचौँ बर्षमा प्रवेश गरेको छ। २०७५ साल असार २० गते जिल्ला प्रशासन कार्यालय मोरङ बाट दर्ता भइ निरन्तर सामाजिक कार्य , खेलकुद एवं विपद तथा राहत कार्यमा आफ्नो पहिचान बनाउदै आएको हो। जहदा गाउँपालिकाको सभाहलमा कार्यक्रम राख्दै चौथो वार्षिकोत्सव मनाएको हो।

जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहको प्रमुख अतिथिमा क्लबले आफुले हाल सम्म गरेको कार्यक्रमहरुको प्रिजेंटेसन, क्लबक उत्कृस्ट सदस्यहरुलाई सम्मान, क्लवमा आबद्ध हुनचाहानेहरुलाई स्वागत, नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान लगायत केक काटेर चौथो वार्षिकोत्सव मनाएको हो। जहदा गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्ष, केही कार्यपालिका सदस्य, स्थानीय समाजसेवी राजकुमार यादव र क्लबका सल्लाहकार बिनिता सिंहको उपस्तिथी रहेको थियो। क्लबले जहदा गाउँपालिकाबाट निर्वाचित अध्यक्ष, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यलाई खादा तथा फ्रेम सहितको सम्मानपत्रले बधाई तथा सम्मान गरेको हो।

क्लबके स्थापनाकाल देखि बर्तमान सम्म गरेका कार्यक्रमहरुको बारेमा क्लबका केन्द्रिय सचिव अभिषेक साहले प्रोजेक्टरमा प्रिजेन्टेसन मार्फत जानकारी गराएका थिए। क्लबका आस्था राखी नयाँ सदस्य बन्न इक्क्षुक ९ जनालाई खादा तथा अबिरले जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहले स्वागत गरेका थिए।

लक्ष्मीनिया युवा क्लबमा आवद्ध भई सामाजिक सेवामा सक्रिय १२ जनालाई समेत क्लबले खादा, अबिर तथा फ्रेम सहितको सम्मानपत्रले सम्मान गरिएको क्लबका केन्द्रिय अध्यक्ष नितेश साहले जानकारी दिए। क्लबले गरेको सामाजिक कार्य, कोभिडको समयमा आफ्नो ज्यानको प्रवाह नगरी कोरना पिडितको घरमा निर्मलिकन गरेको, खाद्यन एवं राहत् वितरण गरेको लगायत कार्यको प्रसंसा गर्दै जहदा गाउँपालिकाका साथसहयोग रहने भनी आफ्नो मन्तव्यमा जनप्रतिनिधीहरुले आस्वासन दिएका थिए।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथि, अतिथिलाई मायाको छिटो प्रदान गरिएको थियो। कल्बका केन्द्रिय अध्यक्ष तथा गाउँपालिका अध्यक्ष संक्युत रुपमा केक काटेर चौथो वार्षिकोत्सव मनाइएको हो। कार्यक्रमका सभापति क्लबका केन्द्रिय अध्यक्ष नितेश साहले हाल सम्म क्लबलिई साथसहयोग र सल्लाहसुझाव दिनुहुने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!