हिपमत डटकम

मंगलबार, आषाढ २१, २०७९ || 20465  पटक पढिएको

विराटनगर। निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमबार विषेश समारोहकाबिच वर्ष २०२२–२३ का पदाधिकारी र सदस्यहरुलाई पदस्थापन गराइएको हो ।

रोटरी क्लब इन्टरनेशनल ३२९२ नेपाल–भुटानका डिस्ट्रीक्ट गभर्नर जितेन्द्रराज भण्डारीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुको पदस्थापन गरिएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष संचिता जैनले रेखा राठी नेतृत्वको वर्ष २०२२–२३ को टिमलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरिन् । रेखा विराटनगरका उद्योगी अनुपम राठीकी धर्मपत्नी हुन् ।

पदस्थापानसँगै क्लबकी वर्ष २०२२–२३ की सचिव नमिता टिवडेवाल र कोषाध्यक्ष प्रियंका मुण्दडालेसमेत औपचारिकरुपमा जिम्मेवारी सम्हालेका छन् । प्रियंका मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाकी धर्मपत्नी हुन् ।

यसपटक चयन भएका पदाधिकारीहरु अनुभवी र सकृय महिलाका कारण क्लबले उदाहरणीय काम गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले आगामी एक वर्षमा उदाहरणीयरुपमा विभिन्न सामाजिक कार्यहरु गरिने बताइन् । उनले विपन्न परिवार, शिक्षा, स्वास्थ्य, वातावरणलाई प्रथामिकतामा राखेर काम गर्ने बताइन् । उनले महिला उद्यमीहरुले उत्पादन गरेका विभिन्न घरेलु सामाग्रीको प्रदर्शनी र मेला कार्यक्रमसमेत गर्ने क्लबले योजना बनाएको जानकारी दिइन् । सो मेला क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । तर, एक वर्ष भने कोरोना महामारीका कारण उक्त मेला लाग्न सकेको थिएन ।

कार्यक्रममा वर्ष २०२१–२२ कि सचिव अनिता सारडाले एक वर्षमा क्लबले गरेका कामहरु समेटिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमा रोटरीयन सन्तोष प्रसाद रिजाल, वासुदेव गोल्यान, संजय गिरी, सरिता गोल्छा, निवर्तमान अध्यक्ष संचिता जैन, निवर्तमान सचिव अनिता सारडा लगायतले वर्ष २०२२–२३ का पदाधिकारीलाई रोटरी क्लबको उद्देश्य अनुरुप सामाजिक कार्यहरु गर्न शुभकामना दिएका थिए ।

सो अवसरमा पत्रकार शंकर खरेल र किशोर विश्वकर्मालाई सम्मान समेत गरिएको थियो । उनीहरुलाई प्रसंसा–पत्रसहित सम्मान गरिएको क्लबले जनाएको छ । खरेल विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टी दैनिकका प्रधान सम्पादक हुन भने विश्वकर्मा हाम्रो विराटनगरका कार्यकारी सम्पादक हुन् ।

कार्यक्रमा प्रमुख अतिथी, अथितीहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । सो अवसरमा करिब २ सय ५० जनाको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!