हिपमत डटकम

आइतबार, आषाढ १९, २०७९ || 7756  पटक पढिएको

मुना न्यौपाने
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री माननीय बोधमाया कुमारी यादवले खेलकुदका माध्यमबाट प्रत्येक व्यक्तिलाई स्वच्छ, अनुशासित एवं इमान्दार नागरिक बनाउने कार्यमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताउनुभएको छ । नेपाल सोतोकान कराँते संघले आयोजना गरेको कार्यक्रमा राज्यमन्त्री यादवले सो विचार व्यक्त गर्नुभएको हो ।

गत शनिवार (असार १८ गते) काभ्रेको पनौतीनगरपालिका हलमा आयोजना गरेको स्थानीय तह निर्वाचनमा नव निर्वाचिन जनप्रतिनिधिहरूलाई स्वागत, वधाई एवं शुभकामना कार्यक्रमका अवसरमा राज्यमन्त्री यादवले खेल क्षेत्रको विकास र विस्तार अपरिहार्य रहेको बताउँदै मन्त्रालयबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउँदै खेल क्षेत्रमा महिला सहभागितालाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।

सम्मानीत हुनेहरूमा नमोबुद्ध नगरपालिका मेयर कुन्साङ लामा, उपमेयर रत्न लामा र पनौती नगरपालिका मेयर रामशरण भण्डारी, उपमेयर गीता बञ्जरा तथा वडा अध्यक्ष र सदस्यहरूलाई राज्यमन्त्री यादवले फूलमालासहित सम्मानीत गर्नुभएको थियो ।

सम्मानपश्चात् दुवै नगरपालिका जनप्रतिनिधिहरुले खुशी व्यक्त गर्दै नगरवासीको सर्वाङ्गीर्ण विकास कार्यमा खेल क्षेत्रले पु¥याएको योगदानको कदर गर्दै संघसँग सहकार्य गर्न आफूहरु इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल सोतोकान कराँते संघका केन्द्रीय अध्यक्ष हेमकुमार श्रेष्ठले आफ्नो जन्मभूमि र कर्मभूमिबाट निर्वाचित जनप्रतिनिधिहज्ञ्लाई सम्मान गर्न पाउँदा आफू ज्यादै हर्षित भएको बताउँदै आफ्नै जन्मभूमि र कर्मभूमिबाटै खेल क्षेत्रको विकास र विस्तारमा क्रियाशील रहने बताउनुभयो ।
उक्त कार्यक्रमको सञ्चालन त्रिलोचन श्रेष्ठ गर्नुभएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष प्रमिला सिंहले स्वागत मन्तव्य राख्नुभएको थियो । संघका सचिव नेहा राज्यलक्ष्मी शाहले संघद्वारा सम्पादित कार्य र भावी योजनाबारे संक्षेपमा प्रकाश पार्नुभएको थियो ।

अतिथिहरूको सम्मानस्वरुप सोतोकान कराँतेका शिक्षक, रेफ्री तथा खेलाडीहरूले ‘वो’ प्रर्दशन गरिएको उक्त कार्यक्रममा खेल क्षेत्रसँग सरोकार राख्नुहुने जनप्रतिनिधि, समाजसेवी एवं नागरिक समाजका अभियन्तालगायत स्थानीयबासीहरूको उल्लेख्य उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!