हिपमत डटकम

आइतबार, आषाढ १९, २०७९ || 1526  पटक पढिएको

पोखरा। गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यमा मनोनित भएका छन्। आइतबार बसेको केन्द्रीय समितिको बैठकले मन्त्री बराललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा बराललाई केन्द्रिय सदस्यमा मनोनित गर्ने प्रस्ताव पेश गरेका थिए । मन्त्री बराल यस अघि गण्डकी प्रदेशको पार्टी सदस्य भएका थिए ।

त्यसै गरी बैठकले आसमान रोका, तेज कुमारी पौडेललाई समेत केन्द्रिय सदस्यमा मनोनयन गरेको श्रोतको भनाई छ । मनोनित भएका सदस्यहरुलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीको हेडक्वाटरमा सोमबार सपथ ग्रहण गराएको रोकाले जनाए । काठमाण्डौंमा सोमबार देखि सुरु भएको बैठक असार २१ गतेसम्म चल्ने भएको उनले जनाए ।

गण्डकी प्रदेशको प्रदेश सभामा बजेट सम्बन्धि छलफल सोमबार देखि संचालन हुने भएको हुदा मन्त्री बराल पोखरा फर्किदै गरेको श्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!