शनिबार, फाल्गुण १७, २०७६ || 1464  पटक पढिएको

नेपाली सेनाले प्रदेश १ को इटहरीमा सैनिक अस्पताल सञ्चालनमा ल्याएकाे छ। शुक्रबार इटहरीमा बनेको ५० शैय्याकाे सैनिक अस्पताल प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । ३० हजार वर्गमिटरको क्षेत्रफलमा १६ करोडको लागतमा उक्त अस्पताल निर्माण भएको थापाको भनाइ छ।


इटहरीमा पहिलोपटक यो अस्पताल निर्माण गरिएको बताउँदै उनले भने, ‘योसहित नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल काठमाडौं बाहिर तीनवटा स्तरीय अस्पताल बनेको छ।’ इटहरीबाहेक पोखरा र नेपालगन्जमा सैनिक अस्पताल बनेको उनले बताए।
नेपाली सेनाका सेवारत तथा अवकाशप्राप्त सैनिकहरू र उनीहरूका परिवारलाई सेवा दिन ५० शैयाको अस्पताल खोलिएको बताइएको छ। नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरमा निर्माण भएको अस्पतालमा सैनिकका आमाबुबा, श्रीमती तथा छोराछोरीले सहज उपचार पाउने नेपाली सेनाले बताएको छ।


अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, इन्डास्कोपी, अल्ट्रासाउन्ड, एक्स-रे लगायतका सेवाहरू रहेको नेपाली सेनाले बताएको छ। अस्पतालमा आइसियु युनिट, आइसोलेटेड वार्ड, बालरोग वार्ड, पुरुष तथा महिला वार्ड, प्रसूति वार्ड, प्रसूति शल्यक्रिया कक्षदेखि विभिन्न महत्त्वपूर्ण वार्डहरू रहेको नेपाली सेनाले बताएको छ। अस्पतालमा ७७ जना मेडिकल जनशक्तिहरू रहेको र १३ जना अनुभवी डाक्टरहरू परिचालित हुनेछन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!