हिपमत डटकम

आइतबार, आषाढ १२, २०७९ || 8693  पटक पढिएको

झापा, २०७९ असार १२ गते । झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखा स्थितबाट अबैध लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको भन्ने बिशेष सुचनाको आधारमा आईतवार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका-८ ईलामका २५ बर्षीय सुजेन्द्र राई, झापा कन्काई नगरपालिका -३ का ४३ बर्षीय बेनु प्रसाद चिमरिया र कन्काई-४ का ३२ बर्षीय हेम नारायण चौधरीलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १७ ग्राम लागुऔषध ब्राउनसुगर, नगद ८८,५००, मोवाइल २ थान , र ३ थान मोटरसाईकल बरामद गरेको छ । यसैगरी सोही स्थानमा लागुऔषध खरिद गर्न आएका दमक नगरपालिका-१० का २८ बर्षीय सुजन राई र दमक नगरपालिका-९ का २५ बर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको हो ।

यसरी लागुऔषध सहित पक्राउ परेका ५ जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!