हिपमत डटकम

शुक्रबार, आषाढ १०, २०७९ || 841  पटक पढिएको

पोखरा महानगरपालिका वडा ३२ का किसान यस अघि असारको आधाआधीमा धान रोप्ने भ्याइ नभ्याइ हुन्थो । उनीहरुकालागि धान रोप्नु भनेको वर्षभरि खानमात्र हैन त्यसैको कमाइबाट घरखर्च जोहो गर्नु पनि हो ।

तर यसपटक असार दोस्रो हप्तामा प्रवेश गरिसक्दा आज किसानहरु बेलैमा खाना खाइवरी खेततर्फ हैन महानगरपालिकाको कार्यालयमा नाराबाजी गर्न आइपुगेका छन् । ‘किसानमारा महानगर, मुर्दावाद’ को नारा लगाउँदै उमेरले प्रायः ४० कटेको समूह महानगरको दैलोमै आक्रोशित मुद्रामा भेटिएका छन् ।

‘ब्याडमा बिउँसमेत राख्न पाइएन’ चिच्याउँदा अनुहारमा झरेको पसिना पुछ्दै एक किसान भन्छीन ‘नगरपालिका हामीलाई भोकै मार्न खोज्दैछ ।’ उमेरले ६ दशकको हाराहारीका उनि हामीलाई मुखमा माड लगाउने धान रोप्न नपाइने भयो ।

किसानहरु हुलै बाँधेर महानगरपालिकामा आउनुको पछाडि गत साल भदौको बाढीले लेखनाथ ३२ स्थित मालमुल, सातमुहाने, खोलाको छेउ, राजाको चौतारो क्षेत्रलाई सिञ्चित गर्ने बेगनास सिंचाईको मूल नहरमा क्षति पुग्नु हो ।

डोजरलगायतका सामग्रीमार्फत काम सुरु भइरहेकोबेला ३ दिनअघि डोजरको चाबी थुतेर निर्माण र मर्मतमा अवरोध गरियो । अवरोध भएपछि काम अघि बढेन । जसको असर करिब ४५ सय रोपनी धानखेत बाँझै हुने अवस्था आयो । डोजरका चाबी कसले लिएर गयो, काम किन रोकियो भन्नेमा स्थानीयवासी अनविज्ञ छन्

महानगरपालिका र सिँचाई आयोजनाको सम्झौता अनुसार यही असारको २९ गतेसम्म नहर सुचारु गरेर बुझाउनुपर्ने हो । तर बीचैमो अवरोध भएपछि निराश बनेका किसानहरु महानगर घेराउ गर्न आइपुगेका हुन् । त्यस पछि के भयो त आजको कार्यक्रममा हेर्नुहोस भिडियो सहीत ,

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!