हिपमत डटकम

बिहिबार, आषाढ ०९, २०७९ || 2063  पटक पढिएको

काठमाडौं। चीनले स्टेट पार्टनरसिप प्रोग्राम ‘एसपीपी’ मा सहभागी नहुने नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चिनयिङले नेपाल सरकारको निर्णयको प्रशंसा गरेका हुन् ।

उनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षामा चीनले सधैँ सघाउने पनि बताए ।

प्रवक्ता चुनइङले नेटोलाई चिनियाँविरुद्ध गलत सूचना नफैल्याउन, विवाद निम्त्याउने गरी रणनीतिक मार्ग निर्माण नगर्न र नयाँ शीतयुद्ध ननिम्त्याउन पनि चेतावनीसमेत दिए ।

चिनयिङले अमेरिकी नेताहरुले प्रजातन्त्रलाई व्यक्तिगत र समूहगत फाइदाका लागि प्रयोग गर्ने र अमेरिकी साम्राज्यवादको पक्षपोषण गर्ने हतियारका रुपमा प्रयोग गरेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!