हिपमत डटकम

बिहिबार, आषाढ ०९, २०७९ || 5404  पटक पढिएको

बिराटनगर। मल्टि स्टारर फिल्म ‘लाखे’ को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ ।

३१ भदौमा प्रदर्शन हुने फिल्मको बिहीबार सामाजीक संजालमार्फत डरलाग्दो पोस्टर दर्शक माझ ल्याइएको हो । पोस्टरमा चार जना मुखौटाधारीका साथमा अर्पण थापाको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ कलरमा प्रस्तुत गरिएको छ । पोस्टर सार्वजनीक सँगै फिल्मबारे कौतुहलता बढेको छ । पोस्टरले ‘लाखे’ सस्पेन्स–थ्रीलरले भरिएको इगीत गर्दछ ।

सम्राट बस्नेत निर्देशीत फिल्ममा सौगात मल्ल, अर्पण थापा,आर्यन अधिकारी,अनुप बिक्रम शाही,वर्षा राउत,सुशील सिटौला,प्रशान्त ताम्राकार,रोहित रुम्बा,सन्जोग राणा,रक्षा बुढाथोकी,कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा,सम्वाद आकाश बरालले लेखेका हुन । अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ । ‘लाखे’ भरपुर मनोरञ्जक बनेको जानकारी निर्देशक सम्राटले दिएका छन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको टिजर केही समयमै सार्वजनीक गर्ने तयारी निर्माण टिमको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!