रबिन्द्र बराल

बिहिबार, आषाढ ०९, २०७९ || 2981  पटक पढिएको

सुनवर्षी ।मोरङ सुनवर्षी नगरपालिका वडा न -५ टकुवामा ईसुक मिँयाको भान्सा घरमा बिधुत सट भई आगलागी हुदा करिब २० लाख बराबरको क्षति भएको पिडित परिवारका सदस्यले हिपमत डटकमलाई बताएका छन्।

आगलागी स्माइल मिँया र मोहमद समिमको घरबाट दिउँसो १ करिब १ बजेबाट नै सुरु भएको स्थानियहरुले हिपमत डटकमलाई जानकारी दिएका छन्। इलाका प्रहरी कार्यालय रंगेली र रंगेली नगरपालिकाको दमकल र स्थानियाहरुको सयुक्त प्रयासबाट आगो नियन्त्रणमा आएको थियो।

आगलागीबाट कुनै पनि प्रकारको मानबिय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। घरमा राखेको को ३ प ५६०८ नम्बरको मोटरसाईकल र २ वटा साईकलमा आंसिक रुपमा क्षति पुगेको प्रहरीले बताएका छन्। आगलागीमा घरमा राखिएको लत्ताकपडा ,केहि आवशक कागजात ,अन्नहरु र भाडाकुरा जलेको प्रहरीले जानकारी दिएका छन्। आगलागीबाट करिब २० लाखको क्षति भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक शाैलेश न्याैपानेले हिपमत डटकमलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!