पथरी । मोरङको पथरीशनिश्चरे वडा नम्बर १० मा रहेका भूटानी शरणार्थीहरुले विश्व शरणार्थी दिवश मनाउँदै आफ्नो दीर्घकालीन समस्या समाधानको आवाज उठाएका छन् ।
मंगलबार शिविर कमिटीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्लेले मन्तव्य व्यक्त गर्दै नगरले व्यवहारिक रुपमा शरणार्थीहरुलाई सहयोग पुर्याउँदै आएको बताए।
वडा नम्बर ५ का वडाध्यक्ष चेतेन्द्र खड्का र वडा नम्बर १० का वडाध्यक्ष जीवन खतिवडाको आतिथ्यता रहेको कार्यक्रममा शिविर सचिव चम्पासिंह राई सहित मन्तव्य राखेका थिए।