मंगलबार, आषाढ ०७, २०७९ || 2652  पटक पढिएको

बिराटनगर। राष्टकालागि एकता नामक समाजिक संस्थाले कटहरी गाउँ पालिकाका जनप्रतिनिधिहरुलाई कार्यलयमै भेटेर सुझाव पत्र सहित खादा लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।

कटहरी गाउँ पालिकाकाका जनप्रतिनिधिहरुले जनताको भावना अनुसार जनताकोलागि काम गर्नु पर्ने बेला आएको छ अब पार्टीगता भन्दा पनि समग्र जनताको हित हुने काम जनप्रतिनिधिले गर्नु पर्यो अध्यक्ष संजित शाहले हिपमत डटकमलाई बताए। जनप्रतिनिधिहरुले पार्टीको कार्यकर्ता भर्ति केन्द्र मात्र होईन गरिब किसानका छोराछोरीहरुलाई पहिलो प्राथमिकतामा राखेर रोजगार दिनु पर्ने समेत साहले बताए।

राष्टकालागि एकता सामाजिम संस्थाले कटहरी गाउँ पालिकालाई दिएको सुझाव पत्रको बुँदाहरु यस प्रकार रहेको छ। दिएको सुझावका बुंदाहरु जस्ताको त्यस्तै राखेका छौ हामीले।

१. नाला बनिसकेको स्थानमा अनिवार्य घेरा सहित बिरुवा रोपियोस
२.बिधालय ,मन्दिर ,मस्जिद, चर्च छेउछाउ रहेको मदिरा पसल बन्द गरियोस्
३.रंगेली रोड को हाटखोला देखि रामचौक सम्म कम्तिमा ४ ठाउँ स-शुल्क सर्बजनिक शौचालय निर्माण गरियोस्
४.समाजिक सुरक्षा भत्ता सहज रुपमा वितरण गरियोस्
५.नाला सहितको पिच निर्माण गरियोस्
६.बाटो मा रहेको टहरा,निर्माण समागीरी,गाईवस्तु आदि तत्कालै हटाउन लगाएर बाटो खालि गरियोस्
७.सिपमुलक तालिम ल्याएर रोजगारी सिर्जना गरियोस्
८.रंगेली रोड भइरहेको निर्माण चाडै सम्पन्न गर्न सम्बन्धित निकायलाई दबाब दियोस
९.रंगेली रोडको खाल्डाखुल्डी तत्कालै पुरियोस र दिन २ पटक पानी हालियोस
१०.कटहरी गा.पा.को टेलिफोन सुचारु गरियोस्
११.पार्टी ,जाती,आफन्त नहेरी सम्पूर्ण जनताको पक्षमा काम गरियोस्
१२.कटहरी गा.पा भित्र रहेको उधोग हरु बाट निस्केको केमिकल युक्त फोहोर पानी जथाभावी बगाइरहेकोले तत्कालै बन्द गरायोस
१३.गाउँ तिर प्रहरीको परिचालन बदायोस
१४.कटहरी गा.पा भित्र रहेको सर्बजनिक जग्गाहरु को सरक्षण गरियोस्
१५.खोलाहरुमा तटबन्ध निर्माण गर्न पहल गरियोस्
आफ्नै खेल मैदानको को व्यवस्था गरियोस्
१६.खानेपानीको पाइप हरेक टोलमा लगियोस
१७.कर नतिर्ने हरु संग कर असुल गरियोस्
१८.सिफारिस शुल्क र कर घटायोस
१९.वाईफाई न लगायोस
२०.फोहोर ले भरिएको नाला सफा गरियोस्
२१. गाउँपालिका भित्र एउटा पार्क निर्माण गरियोस्
२२. चौक चौकमा शुद्ध खानेपानी को निशुल्क व्यवस्था गरियोस्
२३. विपन्न वर्गलाई पहिचान गरि निशुल्क स्वास्थ्य विमा को व्यवस्था गरियोस्
२४. किसान लाई समयमै खाध मल को व्यवस्था को लागि पहल गरियोस्
२५. टोल टोलमा विपन्न वर्ग को बालबालिकालाई निशुल्क टियुसन को व्यवस्था गरियोस्
२६. गा.पा भित्र रहेको सम्पूर्ण सरकारी विधालय हरु लाई अङ्ग्रेजी माध्यम गरियोस्
२७.फोहोर व्यवस्थापन को लागि ठोस निर्णय गरियोस्

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!