हिपमत डटकम

सोमबार, आषाढ ०६, २०७९ || 10575  पटक पढिएको
अजय कुमार कायस्थ

पात्रो’ लाई अंग्रेजीमा क्यालेन्डर(Calendar) भनिन्छ । ‘क्यालेन्डर’ शब्द रोमन भाषाको ऋबभिलमक बाट आएको हो, जसको अर्थ “नागरिक जीवनका उद्देश्यका लागि अपनाइएका निश्चित अवधिहरूमा समय छुट्याउने तरिका” हो । हुन त नेपालमा हामी विक्रम संबत्को बढी प्रयोग गछौं, तर पनि अरु संबतहरूलाई पनि कम–बढी प्रयोग गरिरहेकै हुन्छौं । ती मुख्य संबतहरू निम्न हुन् ः
१) विक्रम संबत् २) शक संवत् ३) हिजरी संबत् ४) ग्रेगोरियन संबत्
५) नेपाल संवत्

उपर्युक्त संवत्हरूको बारेमा जान्नको लागि हामीले ईशा पूर्व १८५ तिरका घटनाक्रमहरू जन्नु पर्ने हुन्छ । मौर्य शासनकालको अन्त्यपछि जब आर्यावर्तमा शुंग वंशका राजा पुष्यमित्र शुंगको शासन थियो, त्यस बखत मध्य एसियाको क्षेत्रमा शक शासकका समूहरू थिए, जसलाई पालोपालो गरी त्यहीका युचि कबिलाका समूहहरूले खेदाएका थिए । अतः शक शासकहरू भारततर्फ आई आफ्नो शासन चलाउन थाले । समग्रहमा उनीहरूलाई ‘क्षत्रप’ भनिने गरिन्थ्यो, तर उनीहरूको पाँच समूह पाँच ठाउँमा आफ्नो नामको अगाडि अलग–उपाधि राखेर शासन गर्थे ।

१) पहिलो समूह कान्धार (हाल अफगानिस्थान)मा पर्छ
२) अर्को तक्षशिला (हाल पाकिस्थान) मा “माउस” को नामले चिनिन्थ्यो ।
३) एउटा समूह मथुरामा “राजुक” को नाउँमा बसे,
४) उज्जैनमा बस्नेलाई ‘चेष्टक’ भनिन्थ्यो,
५) नासिकको शकलाई ‘भूमिक’ भनिन्थ्यो ।

ईशापूर्व ५७ मा मालवा (अवन्ति महाजनपद) का राजाले मथुरा (सूर्यशेन महाजनपद) का शक शासकलाई पूर्ण रूपमा पराजित गरे र आफू विक्रमादित्यको उपाधि धारण गरे । त्यसपछि “विक्रमादित्य” उपाधि धेरै प्रचलनमा आयो र कुनै राजाले अर्को राजालाई पराजित गरी विक्रमादित्यको उपाधि धारण गर्ने गर्थे । यसरी १४ वटा विक्रमादित्य राजाहरू भए, जसमा बढी नाम चलेका चन्द्रगुप्त द्वितीय ९क्ष्क्ष्० थिए ।
उक्त मालवाका राजा विक्रमादित्यले शक शासकलाई पराजित गरेपछि पहिलो क्यालेन्डर प्रचलनमा ल्याए । (नवौं सताब्दी भन्दा पहिले यस क्यालेन्डरलाई क्रित वा मालवा भनिन्थ्यो) । यस क्यालेन्डरलाई विक्रम संवत् भनियो । यो संवत्मा चन्द्रमालाई आधार बनाई गणना गरियो, जस अनुसार प्रत्येक वर्षमा ३५४ दिन यानी ३६५ भन्दा ११ दिन कम हुने गर्छ । यसलाई ठीक पार्न सूर्यलाई पनि गणनाको आधार बनाइयो र हरेक ३ वर्षमा एक महिनाको मलेमास वा क्षयमास लगाइयो, जसले गर्दा यस विक्रम संवत्मा ३६५ दिनको एक वर्ष हुन गयो । यसरी हामी हेर्छौ हाम्रा पर्वहरू एउटै मितिमा पर्दैनन् । हरेक वर्ष केही दिन अगाडि–पछाडि हुने गर्छ । यसमा १२ महिना हुन्छ र प्रत्येक महिनालाई दुई भागमा विभाजन गरिएको हुन्छ । शुक्ल पक्ष (संक्रान्ति देखि पूर्णिमासम्म) र कृष्ण पक्ष (पूर्णिमादेखि मसान्त सम्म) । यसमा वर्षको सुरुवात बैशाख महिनादेखि हुन्छ । त्यसपछि ज्येष्ठ, असार, श्रावण, भाद्र, असोज, कार्तिक, मंसिर, पुस, माघ, फाल्गुन र चैत्र । यो हाम्रो देश नेपालको आधिकारिक क्यालेन्डर हो । जस अनुसार अहिले २०७९ वर्ष सुरु भै सकेको छ ।

शक संवत् ः जुन युचि कबिलाका समूहहरूले शक शासकहरूलाई लखेटेका थिए, त्यही युचि कबिलाका एक समूह शकहरूका पछि पछि भारत आए र कुषाण वंशको नमाले शासन चलाउन थाले, जसका प्रथम राजा कडुल कडफिसस, दोस्रो राजा भिम कडफिसस थिए, तर तेस्रो राजाले आफ्नो नाम भारतीय नाम जस्तै कनिष्क राखे । राजा कनिष्क धेरै योग्य शासक थिए । हामीले पनि कहिले न कहिले कनिष्कका नाम सुनेको हुनुपर्छ ।

सन् ७८ ईस्वीमा राजा कनिष्कले आफ्नो राज्य भिषेक गराए र एउटा क्यालेन्डर प्रचलनमा ल्याए, तर त्यस क्यालेन्डरलाई त्यहीको शक शासक शालिवाहनले चोरेर ल्याए र त्यो हाम्रौ क्यालेन्डर हो भनी प्रचार गरे, जस अनुसार हालसम्म पनि त्यस क्यालेन्डरलाई शक क्यालेन्डर भनिन्छ । यो क्यालेन्डर हाल हाम्रो छिमेकी देश भारतको राष्ट्रिय क्यालेन्डर शक संवत् अथवा हिन्दु क्यालेन्डरको रूपमा प्रयोग हुन्छ । यसका साथै शक संवत् इन्डोनेसियाको बाली र जाभामा पनि प्रयोग गरिन्छ ।

शक संवत्मा पनि चन्द्रमालाई आधार बनाई गणना गरिएको छ र ती वर्षमा मलेमास लगाई एक वर्षमा ३६५ दिन पारिएको छ । यो लगभग विक्रम सम्बत जस्तै छ । यसमा पनि एक वर्षमा १२ महिना हुन्छ त नयाँ वर्ष चैत्रबाट सुरु हुन्छ । यसका महिनाहरू हुन् ः चैत्र बैशाख, जेष्ठ, असार, श्रावण, भाद्र, आश्विन, कार्तिक, अग्रहन, पौष, माघ तथा फाल्गुन । शक संवत् अहिले १९४४ सुरु भै सकेको छ ।
यहाँ इतिहासकारहरूको भनाइ अनुसार विक्रम संवत् राजा विक्रमादित्य र शक संवत् शक शासक शालिवाहनद्वारा चलाइयो । तर यसो विचार गर्दा दुबै क्यालेन्डर शकसँगै जोडिएको जस्तो लाग्छ किनभने राजा विक्रमादित्यले शक शासकलाई पराजित गरी विक्रम संवत् चलाए र शक शासक शालिवाहनले कनिष्कसँग क्यालेन्डर लिई यो हाम्रो क्यालेन्डर हो भनी शक संवत् चलाए ।

हुन तर शकहरू भारत आउनु लगत्तै पूर्व युनानीवहरू भारतमा आक्रमण गर्न आएका थिए । डे«मेट्रियस र मियान्डर, यिनीहरूलाई पुष्यभित्र शुंगले आफ्नो छोरा अग्निभित्र शुंगद्वारा पराजित गराए, तर यिनीहरू युनान फर्किएनन्, डे«मेट्रियस हिन्दुकुश पहाडको छेउछाउ र मियान्डर फर्किने बेलामा नागशेनद्वारा बौद्ध धर्मको शिक्षा पाई बौद्ध धर्म अपनाई तक्षशिलामा बसोवास गरे । फेरि युनानको राजा अन्तियालले आफ्नो दूत हेलियोडोटसलाई बौद्ध धर्मको शिक्षा लिन भारत पठाए, तर पुष्यभित्र शुंग ब्राम्हण थिए र बौद्ध धर्मको विरोधी भएकाले उनलाई भागवत धर्मको शिक्षा बौद्ध धर्म भनी दिलाएपछि हेलियोडोटसले भागवत धर्म नै स्वीकार गरे । यी घटनाहरूको प्रमाण “मिलिन्द पनहो” नामक पुस्तक र गरुडध्वज अभिलेखद्वारा पाइन्छ । यी युनानीहरू भारतमै बसेका हुनाले यिनीहरूलाई हिन्द–युनानी ९क्ष्लमय–न्चभभप० भनिन्छ । यी युनानीहरूलाई गणित, खगोल विज्ञान र ज्योतिषविज्ञानमा धेरै नै प्रखर मानिन्थ्यो । यिनीहरूले यी विषयलाई भारतमा निकै अगाडि बढाए, तर क्यालेन्डरसँग यिनीहरूको कुनै सम्बन्धबारे कुनै प्रमाण प्राप्त भएको छैन ।

हिजरी संवत् ः हिजरी संवत् एउटा इश्लामिक क्यालेन्डर हो, यसको प्रचलन सन् ६२२ इश्वीमा जब इश्लाम धर्मको विकास भयो । त्यस बेला पैगम्बर मेहम्मद मक्काबाट मदिना सर्ने बेलामा यानी हिज्र (बसाई सराई) को बेलामा क्यालेन्डर चलाए, जसलाई हिजरी संवत् भनियो । यसमा शुद्ध रूपमा चन्द्रमालाई मात्र आधार बनाई गणना गरियो, जस अनुसार एक वर्षमा ३५४÷३५५ दिन हुन्छ । यस क्यालेन्डर अनुसार एक वर्षमा १२ चन्द्र महिनाहरू हुन्छन् र वर्षको सुरु मुहर्रमबाट हुन्छ । ती महिनाहरू हुन् ः मुहर्रम, सफर, रवि अल अवल, रवि अल थानी, जुमादा अल अवल, जुमादा अल थानी, रजव, शावन, रमादान, शव्वल, धु अल–किदाह र धु अल–हिज्जह (हजको महीना) । यस क्लालेन्डरलाई संसार भरिकै इश्लाम धर्मालम्वीहरूले आफ्नो पर्वहरू र हज यात्राको लागि प्रयोग गर्छन् । यस क्यालेन्डरमा वर्षको ३५४ दिन मात्र हुने भएकोले हामी हेर्छौं मुसलमानहरूको पर्व ईद हरेक वर्ष पछाडि सर्दै जान्छ, अहले गर्मी मौसममा पर्ने ईद केही वर्ष पछि जाडो मौसममा पर्न जान्छ । यस क्यालेन्डर अनुसार अहिले वर्ष १४४३ चलिरहेको छ ।

ग्रेगोरियन संवत् ः ईशा पूर्व ४६ मा जुलियस सिजरले एउटा क्यालेन्डर चलाए जसलाई जुलियन क्यालेन्डर भनियो । यो क्यालेन्ड यमन ज्योतिषी र गणितज्ञको सहायताले बनाइएको थियो । यसवमा मुख्यत ः सूर्यलाई आधार बनाई गणना गरिएको थियो जस अनुसार एक वर्षमा ३६५.२५ दिन राखिएको थियो । जस अनुसार तीन वर्षसम्म वर्षको ३६५ दिन अनि चौथो वर्ष ३६६ दिनको एक वर्ष हुने गथ्र्यो । सन् १५८२ इस्वीमा पोप ग्रेगोरी ह्क्ष्क्ष्क्ष् ले जुलियन क्यालेन्डरलाई सुधारेर ग्रेगोरियन क्यालेन्डरको रूपमा संसारलाई परिचय गराए । यसमा मुख्यत ः जुलियनको अधिवर्ष (ीभबउ थ्भबच० लाई सुधारिएको थियो, जस अनुसार एक वर्षमा ३६५.२४२५ दिन राखियो जुन पृथ्वीले सूर्यको एक पक्रिमा गर्ने समयलाई दर्साउँछ । अधिवर्ष ९ीभबउ थ्भबच० गणना गर्ने तरिका निम्न अनुसार राखियो ः “१०० ले ठ्याक्कै भाग गर्न सकिने वर्षहरू बाहेक प्रत्येक वर्ष जुन ठ्याक्कै चारले भाग हुन्छ त्यो लिप वर्ष हो तर यी शताब्दी वर्षहरू लिप वर्ष हुन यदि तिनीहरू ४०० ले ठ्याक्कै भाग लाग्छन् भने” । जस्तै ः १६०० र २००० लिप वर्ष हो तर १७००, १८०० र १९०० वर्ष हुन तर लिप वर्ष होइनन् ।

यस अनुसार सन् १५८२ इस्वी अक्टुवर महिनाको क्यालेन्डरमा पनि सुधार गरियो, जसमा जुलियन ४ तारिख विहिवारपछि एकैचोटि ग्रेगोरियन १५ तारिख शुक्रवार राखियो, अनि क्यालेन्डर चलाइयो, जुन अहिलेसम्म ग्रेगोरियन क्यालेन्डरको रूपमा संसारभरि नै प्रचलनमा छ । यसमा वर्षको १२ महिना हुन्छ र नयाँ वर्ष यानि वर्षको सुरुवात जनवरीबाट हुन्छ । यी महिनाहरू हुन् ः जनवरी, फर्बवरी, मार्च, अप्रिल, मई, जुन, जुलाई, अगस्त, सेप्टेम्बर, अक्टुवर, नेवेम्बर र डिसेम्बर । यस क्यालेन्डरमा इशा मसिहको जन्मलाई शून्य मानी क्यालेन्डरको सुरुवात गरियो जस अनुसार अहिले वर्ष २०२२ चलिरहेको छ । अनि यो क्यालेन्डरलाई संसारभरिनै प्रयोगमा ल्याइन्छ ।

उपर्युक्त सबै क्यालेन्डरहरूलाई जानिसकेपछि यदि हामीले नेपाल संवत्लाई जानेनौ भने यो अपुरो हुनेछ । अब हामी नेपाल संवत्को बारेमा चर्चा गरौ । एक किवदन्ती अनुसार भक्तपुरका एक ज्योतिषीले काठमाण्डौंको भाचखसी र विष्णुमती नदीको संगमस्थलमा रहेका बालुवा निस्चित समयमा सुनमा परिणत हुने भविष्यवाणी गरेपछि राजाले उक्त स्थानबाट बालुवा ल्याउन मजदुरहरूलाई पठाए । भक्तपुर फर्किनुअघि दरवार स्क्वायर नजिकैको मरुमा रहेको यात्रुको आश्रममा बालुवा लिई आराम गरिरहेका मजदुरहरूलाई त्यहाँका स्थानीय व्यापारी शङ्खघर साख्वाले हेरे र त्यो बालुवा असाधारण जस्तो मानी उनलाई दिन भने भोलिपल्ट साख्वाले आफ्नो बालुवा सुनमा परिणत भएको भेटाए, जवकि भक्तपुरका राजाले शुभ साइत वितिसकेको बेलाको साधारण बालुवा पाए । शङ्खघर साख्वाले त्यही सुन प्रयोग गरी नेपाली जनताको राज्यको सबै ऋण चुक्ता गरे । यसैको सम्झनामा सन् ८७९ इस्वी २० अक्टुवरमा ठकुरी राजा राधवदेवले नेपाल संवत्को स्थापना गरे । त्यस बेला यसलाई संवत् भनेर मात्र चिनिन्थ्यो । पहिलो पटक सन् १०२८ इस्वीमा नेपाल संवत् १४८ भनी प्रयोग भएको हो । यो एक मात्र यस्तो संवत् हो जसको नाम देशको नामबाट राखिएको छ ।

नेपाल संवत् सन् ८८१ देखि १७६९ इस्वीसम्म निरन्तर ८८८ वर्षसम्म नेपालमा चल्यो त्यसपछि राजा पृथ्वी नारायण शाहले सक संवत्लाई पुनर्जीवित गराए र शक संवत् चल्न थाल्यो । पछि सन् १९०३ मा चन्द्र शमशेर राणाले विक्रम संवत्लाई आधिकारिक रूपमा चलाए, जुन अहिलेसम्म चलिरहेको छ । हुन त अहिले पनि नेपाल संवत् नेवार जातिहरूले आफ्नो पर्व र जात्राका लागि प्रयोग गर्ने गरेका छन् ।
नेपाल संवत् एउटा चन्द्र संवत् हो मुख्यतया यसमा चन्द्रमालाई आधार बनाई गण्ना गरिन्छ, जस अनुसार यसमा वर्षको ३५४ दिन हुन्छ । तर प्रत्येक तीन वर्षपछि एक अतिरिक्त महिना लगाइन्छ । उक्त अतिरिक्त १३ औं महिनालाई “अनला” भनिन्छ । नभए यसका १२ महिनाहरू निम्न छन् । कछला, थिला, पोहेला, सिल्ला, चिल्ला, चौला, बछला, तछला, ढिल्ला, गुँला, ञंला र कौला । नेपाल संवत्को नयाँ वर्ष महः पूजाबाट हुन्छ, जुन कार्तिक शुक्ल प्रतिप्रदाको दिन पर्ने गर्छ । नेपाल संवत् अनुसार अहिले ११४२ चलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!