हिपमत डटकम

सोमबार, आषाढ ०६, २०७९ || 4336  पटक पढिएको

सम्पत्ति शुद्धीकरण मुद्दामा काँग्रेस नेता राहुल गान्धी आज चौथो पटक प्रवर्तन निर्देशनालय (ईडी) समक्ष उपस्थित हुने तय भएको छ । नेशनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा ईडी मुख्यालयमा जाने तय भएको हो ।

राहुललाई गतसाता तीनपटक सोधपुछ गरिएको थियो । उनलाई चौथो पटक शुक्रबार ईडी बोलाइएको थियो । तर, कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएकी आमा तथा कंग्रेस प्रमुख सोनिया गान्धीलाई भेट्न अस्पताल जानुपर्ने भएपछि राहुलको अनुरोधमा आज सोमबारका लागि पुनः सोधपुछको मिति तय भएको थियो ।

राहुलमाथिको सोधपुछलाई लिएर कंग्रेस नेता तथा कार्यकर्ताहरूले चर्को विरोध जनाउँदै आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको उनीहरूले आरोप लगाउँदै आएका छन् ।

यसैबीच, आफ्ना नेता विरुद्धका आरोप आधारहीन भएको र भाजपाले प्रतिशोधको राजनीति गरेको कंग्रेसले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!