हिपमत डटकम

शनिबार, आषाढ ०४, २०७९ || 632  पटक पढिएको

एजेन्सी, असार ४ । भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध हिंसात्मक बन्दै गएको छ । आन्दोलन सुरु भएको चौथो दिन आज शनिबार पनि युवाहरूले विभिन्न राज्यमा प्रदर्शन गरेका छन् ।

शुक्रबार बिहारमा नौ वटा रेलमा आगजनी भएको र रेलमा आगो लगाउँदा बिहारको लखीसरायमा एक जना यात्रुको ज्यान गएको थियो । उत्तर प्रदेशमा पनि हिंसात्मक प्रदर्शन भएको छ । हरियाणा, राजस्थान, उत्तराखण्ड, हिमाचाल प्रदेशलगायत ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले गएको मङ्गलवार भारतीय सेनामा भर्नाका लागि अग्निपथ नामक योजनाको घोषणा गरेपछि युवाहरूले विरोध सुरु गरेका हुन् । अग्निपथ योजनामा भारत सरकारले आफ्नो तीन वटै सैन्य अङ्गस् जल, स्थल र वायु सेनाको जवान पदमा अब चार वर्ष नोकरी अवधिका लागि मात्रै भर्ना खुलाउने छ ।

२१ वर्ष उमेर पुगेकाले भर्ना पाउने र २५ वर्ष पुग्दा तिनले अवकाश पाउनेछन् । भर्ना भएकामध्ये २५ प्रतिशतले चौथो वर्षमा सेनाभित्र स्थायी जागिरको अवसर पाउनेछन् । बाँकी ७५ प्रतिशत सेनाबाट बाहिरिनेछन् । अवकाशपछि उनीहरूले पेन्सन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!