हिपमत डटकम

शुक्रबार, आषाढ ०३, २०७९ || 3435  पटक पढिएको

र्‍यापर लाहुरे लागु औषध कसुर मुद्धामा ५६ दिन जेलमा बसेर केही समय अगाडि छुटेका हुन्। उनले आफू जेलमा रहँदा कास्की प्रहरीको सकारात्मक व्यवहारका कारण छोटो समयमा लागु औषध छोड्न सफल भएको बताए।

उनले अगाडि भने – “मानिसलाई सकारत्मक व्यवहार गरे सकारात्मक हुन्छ, नकारात्मक व्यवहार गरे नकारात्मक हुन्छ, कास्कीको प्रहरीका दाइहरु र साथीहरुले मलाई सकारात्मक व्यवहार गर्नुभयो, जसको कारण म छिटो पोजेटिभ भएर फर्किएँ।” र्‍यापर रानाले आफ्ना अडियन्सहरु युवा उमेरका भएकाले र आफूपनि कुलतबाट भर्खर छुट्न सफल भएकाले यस सचेतना कार्यक्रम मार्फत सप्ताहव्यापी कार्यक्रममा सहभागी हुन लागेको जानकारी दिए। उनले कार्यक्रममा आफ्नो प्रस्तुतिका साथै आफ्ना अनुभवहरु पनि सुनाउने बताए।

लागु औषधको कुलतमा कसरी फस्नुभयो रु र अबको अगाडिको यात्रा कसरी शुरु गर्नुहुन्छ रु भन्ने प्रश्नमा र्‍यापर लाहुरेले ‘कलेजबाट नै लागु औषधको लतमा फसेको बताए।

उनले त्यो समयमा मन चन्चल हुने र दिमागमा सोच पनि धेरै आउने हुँदा मन र दिमाग बीचको द्वन्दले सही दिशा लिन नसक्दा आफू दुर्व्यसनीमा फसेको बताए। उनले अबका दिनमा सकारात्मक सोच र मेहनतका साथ अगाडि बढ्ने बताए। अरु केके भने त अबको कार्यक्रममा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!