पोखरा । पोखरामा एक किशोरीले सेती नदिमा हाम फालेर बेपत्ता भएकी छन् ।
बुधबार दिउँसो १ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २ नारनथान नजिक रहेको पुलबाट एक जना किशोरीले सेती नदीमा हाम फालेर बेपत्ता भएकी हुन् ।
धादिङ जिल्ला घर भई हाल पोखरा १ अधिकारी टोल डेरामा बस्दै आएकी १८ वर्षीय कञ्चन अवस्थी सेती नदीमा पुलबाट हाम फालेको कास्की प्रहरीले जानकारी दिएको छ ।
उनले सेतीमा हाम फाल्नुको कारण भने खुलेको छैन। पृथ्वीनारायण क्यापसको अध्ययन गर्ने परिचय कार्डसमेत उक्त ठाउमा भेटिएको प्रहरीले जनाएको छ । किशोरीले सेतीमा हाम फालेपछि तत्काल उद्धारका लागि रेस्क्यु टोली खटिएर खोजी कार्य जारी गरेको छ आज एक हप्ता विती सक्दा पनि अझै पत्ता लाग्न सकेको छैन आज फेरी त्यही ठाउ जहाबाट कलेज ड्रेसमै किसोरी हाम्फालेकी थिइन त्यही ठाउमा फेरी पनि प्रहरी गएको छ ।
हेर्नुहोस भिडियो सहीत ,