शुक्रबार, फाल्गुण १६, २०७६ || 1112  पटक पढिएको

मोरङ्गको सुनवर्षी नगरपालिकामा प्रथम मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शुक्रवार एक कार्यक्रम बिच १ नं। प्रदेशका पुर्व प्रदेश प्रमुख गोबिन्द तुम्हाम्बेले शान्तीकोे प्रतिक जोडी परेवा उढाउदै र खेलका प्रमुख रेफ्रि लाई फुटवल हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन खेललाई भव्यता दिन विभिन्न बाजागाजा तथा झाकि समेत प्रर्दशन गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुनवर्षि नगरपालिकाले ग्रामथान गाऊपालिकालाई हराउदै विजय शुरुवात गरेको छ । स्थानिय विरेन्द्र सार्वजनिक विद्यालयको खेलमा सम्पन्न खेलमा शुन्य को विरुद्द ३ गोल गर्दै आयोजक सुनवर्षि नगरपालिका विजय भएको हो । निर्धारित ७० मिनेटको खेलको ४३ औ मिनेटमा सुनवर्षिका विकास बस्नेतले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । भने खेलको ५२ औ मिनेटमा विवेक लिम्बुले थप गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

खेलको अन्तिम सयममा सुनवर्षिकै विकास बस्नेतले थप १ गोल गर्दा ग्रामथान गाऊपालिकाले शुन्यको विरुद्द ३ गोलले हार व्यहोर्नु परेको थियो । खेलको म्यान अफ द म्याच सुनवर्षिका बिनोद चौधरी घोषित भए । प्रतियोगिताको उद्घाटन खेललाई सुनवर्षि नगरपालिका मेयर कालि प्रसाद दास, उप मेयर मन्जु कुमारी राई, वडाअध्यक्ष  टेक बहादुर भटराई, तेज नारायण ताजपुरीया लगायतले शुभकामना मन्त्वय व्यतm गर्नुभएको थियो । प्रतियोगिताको शनिवारको खेल सुन्दरहरैचा नगरपालिका र बुढिगंगा गाऊपालिका बिच हुने आयोजकका संयोजक यादव बस्नेतले जानकारी दिए । खेल अवधीभरमा नगरका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्ने तयारी आयोजकले गरेको छ । प्रतियोगितामा मोरङ्ग जिल्लाका १६ स्थानियतहको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!