रंगेली नगरपालिका ले १२ आँै संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको बिधिवत रुपमा सुरु भएको छ । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिधिवत रुपमा शुक्रबार उद्घाटन भएको छ ।नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालय लाई समाबेश गरेर सामुदायीक बिधालय बाट १२ बटा बिधालय र निजि विद्यालय बाट ७ बिधालय का कक्षा ९ देखि १२ सम्मका का छात्र , छात्रा हरुकाे खेलकुद प्रतियोगिता सुरु भएको हाे । उद्घाटन खेल का प्रमुख अतिथि क्षेत्र नम्बर ५ का सभासद शिव कुमार मंन्डल , विशिष्ट अतिथि नगरपालिका का मेयर दिलिप बगडिया, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी बडा अध्यक्ष रामचन्द्र मंन्ड , विभिन्न बिधालय का शिक्षक, हरु काे समेत उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि ले सिटि वजाएर १५ सय मिटर दाैड काे उद्घाटन गरेका थिए । प्रतियोगितामा दाैड,कवडि,भलिबल , सटफुट , हाईजम्प लगायत विभिन्न खेल हुने सम्पुर्ण खेेेल जनता क्याम्पस को खेल मैदानमा हुने भएको छ। उक्त खेेेल फागुन १६ गते देखि १८ गते सम्म सञ्चालन हुने भएको छ । ।खेलमा प्रथम, द्वितीय र तृतीय हुने हरुलाई नगद, सिल्ड र प्रमाणपत्र समेत बितरण गरिने शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!