हिपमत डटकम

सोमबार, जेठ ३०, २०७९ || 47790  पटक पढिएको

काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पालमा दुई तहको सङ्घीय संरचना आवश्यक नभएको बताएका छन् ।

सोमबार राप्रपा नेपाल गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका थापाले केन्द्रीय सरकार बलियो र पालिकाले पर्याप्त अधिकार पाएका कारण प्रदेश सरकारको आवश्यकता नभएको औंल्याएका हुन् ।

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिएका उनले गणतन्त्र स्थापनापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता, समानतासहितको हिन्दू राष्ट्र बनाउनुपर्ने बताएका छन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र साहले सकारात्मक भुमिका खेल्न नसकेकाले अब राजसंस्थाको सम्भावना नभएको बताएका छन् ।

‘पूर्वराजा ज्ञानेन्द्र साहको सकारात्मक भूमिका भएको भए राजसंस्था फर्किन सक्थ्यो । हामी राजसंस्थाको वकालत गर्दै देशव्यापी रूपमा परिचालित भयौँ तर राजाको सकारात्मक भूमिका भएन, उल्टो राजनीतिक दलसँग झन् दुरी बढाउने काम भयो, अब राजसंस्थाको स्थापना सम्भव छैन ।’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!