मंगलबार, मंसिर १७, २०७६ || 1424  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,मंसिर–१७ ।
तेह्रौं दक्षिण एसियाली खेलकुदसागमा नेपालले १९ स्वर्ण जितेको छ । सोमबार पहिलो दिन नै १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन कराँते, ऊसु र डुवाथोलनमा थप स्वर्ण जित्दै १९ स्वर्ण पुर्याएको छ ।

मङ्गलबार भएको ऊसुको खेलहरुमा थाउलो तर्फ विजय सिञ्जाली र थाउलो महिला तर्फ सुस्मिता तामाङले स्वर्ण पदक दिलाउनुभयो । नविन रसाइलीले ६७ केजी समूहमा कराँते तर्फ स्वर्ण पदक जित्नुभयो । उहाँले पाकिस्तानका अहमेद नासिरलाई ८–६ ले हराउँदै स्वर्ण पदक जित्नुभयो । नविनले बङ्गलादेशका मोहम्मद फर्दुसलाई ८–२ ले हराएर फाइनलमा प्रवेश गर्नुभएको थियो । सोमबार पहिलो दिन ९ स्वर्ण पदकको लागि भएको स्पर्धामा कराँतेतर्फ नेपालले सात स्वर्ण पदक र दुई रजत पदक जितेको थियो ।

मङ्गलबार नै डुवाथोलनमा लक्ष्मण मल्लले रजत पदक दिलाउनुभयो । एथ्लेटिक्स १५ सय मिटरको दौडमा टंक कार्कीले कास्य पदक जित्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!