शुक्रबार, फाल्गुण १६, २०७६ || 722  पटक पढिएको

ब्लड क्यान्सरबाट पीडित मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेलको उपचारका लागि लायन्स क्लब विराटनगर एक्टिभले ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
शुक्रबार मकालु टेलिभिजनको हलमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लव एक्टिभले सहयोग रकम हस्तान्तरण गरेको हो । क्लबका संस्थापक अध्यक्ष रेवतबहादुर कार्कीले मकालु टेलिभिजनका प्रोडक्सन विभाग प्रमुख अभयकुमार राईलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तराण गरे । चेक हस्तान्तरण गर्दै कार्कीले उपचारका लागि थप सहयोग गर्न अन्य लायन्स क्लबहरूलाई पनि आग्रह गरे ।
सम्पादक पौडेलको उपचारका लागि देशभित्र मात्रै नभई विदेशबाट पनि सहयोग जुटिरहेको टेलिभिजनका सहसम्पादक मीनकुमार नवोदितले जानकारी दिए । उहाँका अनुसार अन्तर्राष्ट्रिय नेपाली पत्रकार समाजका साथै क्यानडा, युरोप, अमेरिका, हङकङलगायतका मुलुकमा रहेका नेपालीहरुबाट पनि सहयोग संकलन हुने क्रम जारी छ । पौडेलको उपचारका लागि मकालु टेलिभिजन, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ र मोरङ शाखाले सञ्चालन गरेको खातामा समेत रकम जम्मा भइरहेको छ । पौडेल काठमाडौंको सिभिल हस्पिटलमा उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!