हिपमत डटकम

सोमबार, जेठ ३०, २०७९ || 2768  पटक पढिएको

तनहुँ, जेठ । तनहुँको भानु नगरपालिका–२ का दुई युवकको माछामार्ने क्रममा आईतबार डुबेर मृत्यु भएको छ । २२ को सागर गुरुङ र वर्ष ३५ को धनबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो ।
भानु २ र ५ को सङ्गमस्थल चुँदी खोलको बाङ्गेरहमा पौडी खेल्दै माछा मार्ने क्रममा दुवै जनाको डुबेर मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतक दुवै जनाले नाताले दाजु र भाई हुन् । मामा र फुपुको छोरा दुई मिलेर माछा मार्न गएको र दुवै जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको स्थानीयबासिन्दा राजेश कार्कीले जानकारी दिनुभयो ।

दिउँसो ४ः३० बजे दाजुभाई माछा मार्न गएकोमा स्थानीयले मृत अवस्थामा भेटिएको प्रहरीलाई खबर गरेको कार्कीले बताउनुभयो । साँझ ७ बजे खोलाबाट शव निकालेर दमौली अस्पतालमा पोष्ट मार्टमको लागि लगिएको प्रहरी निरीक्षक भुषालले जानकारी दिनुभयो । वर्षायाम सुरु भएकोले पनि पानीको बहाव खोलामा धेरै छ । सो ठाउँमा गहिरो रह भएकोले पहिले पनि मानिसको डुबेर मृत्यु हुने गरेको स्थानीय वासिन्दा बताउँछन् ।

हरेक वर्ष घटना घट्ने ठाउँ भएकोले बाङ्गेरहमा माछा मार्ने र पौडी खेल्न बन्द गरी खतरनाक ठाउँ भनि होडिङ बोर्ड राख्ने काम गर्नु पर्ने स्थानीय हरि खड्का सुझाव दिनुहुन्छ ।

भिडियो सहीत

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!