हिपमत डटकम

आइतबार, जेठ २९, २०७९ || 9944  पटक पढिएको

सुनसरीको दुहबी ७ स्थित भलुवामा जारी आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोस्रो प्रि-क्वाटर फाइनल खेलमा पथरी स्पोर्टिङ क्लब मोरङले संयुक्त युवा क्लब दुहबीलाई ४-१ गोल अन्तरले पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ।

खेलको ९ औं मिनेटमा पथरी स्पोर्टिङ क्लब जर्सी नम्बर ७ का खेलाडी बिजय भुजेलले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलको ३५ औं मिनेटमा संयुक्त युवा क्लब दुहबी जर्सी नम्बर ६ का खेलाडी बिबेस गुरुङले १ गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । खेलको ५५ औं मिनेट ७५ औं मिनेट र ७९ औं मिनेटमा पथरी स्पोर्टिङ क्लब मोरङ जर्सी नम्बर ७ का खेलाडी बिजय भुजेलले थप ३ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए। खेलमा उत्कृष्ट खेलाडी पथरी स्पोर्टिङ क्लब जर्सी नम्बर ७ का खेलाडी बिजय भुजेल घोषित भए।

उनलाई खेलका प्रमुख अतिथी दुहबी नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष मेंहदि हुसैनले नगद ५ हजार तथा ट्रफि प्रदान गरे। भोलीको पहिलो क्वाटर फाइनल खेल एवाइसी गढी सुनसरी र आयोजक श्री गोल्डेन स्टार युथ क्लब भलुवा सुनसरीका बिच हुने आयोजकले जनाएको छ। बिजेता टिमले उपाधी सहित नगद ३ लाख शिल्ड मेडल प्राप्त गर्नेछन् भने उपबिजेता टिमले नगद डेढ लाख शिल्ड मेडल प्राप्त गर्ने तथा विभिन्न विद्या तर्फबाट खेलाडीहरुलाई समेत पुरस्कृत गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!