बिराटनगर। जय मुक्तिनाथ यात्री समूह बिराटनगर द्वारा बहिरा माध्यमिक बिध्यालयलाई १० थान पंखा वितरण गरेको छ।
शुक्रबार बिराटनगर स्थित बहिरा माध्यमिक विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरि मुक्तिनाथ यात्री समूहले ३ थान सिलिङ्ग र ७ थान वाल फेन गरि जम्मा १० थान पंखा वितरण गरेको हो। गर्मी महिनाको सुरुवात संगै बिराटनगर लगायत तराई क्षेत्रमा अत्यधिक गर्मि हुने भएकाले बहिरा विद्यालयका विद्यार्थीहरुलाई पठन,पाठनमा सहज होस् भनि पंखा वितरण गरिएको जय मुक्तिनाथ यात्री समूह बिराटनगरका एक सदस्यले हिपमत डटकम लाई जानकारी दिए ।
वितरण कार्यक्रममा जय मुक्तिनाथ यात्री समूह बिराटनगरका सदस्यहरुले बिध्यालयका प्रधानाध्यापकलाई पंखा हस्तांतरण गरेका थिए। यो सहयोगले यहाँ अध्ययन गर्ने विद्यार्थी धेरै सहज हुने भन्दै विद्यालयका प्रधानाध्यापकले आयोजक समूहलाई धन्यवाद दिएका थिए।